अविरल वर्षासँगै आएको बाढीका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्।
काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झन्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्। निजी क्षेत्रका आयोजनासमेत जोड्दा झन्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्।
प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण शुक्रबार साँझदेखि बन्द छ। यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ। प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन्।
प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ। नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।
केही आयोजना भने कम क्षमतामा चलेका छन्। प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिखु एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
