जलसतह बढेपछि सप्तकोशीका ४१ ढोका खोलिए

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।

धरान– सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। आइतबार बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ।