बाजुरामा मतगणना रोकियो

बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ। 

काठमाडौँ– बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकिएको छ। 

हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा खसेकाे मतगणनाका क्रममा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी पाइएपछि एमालेले विरोध गरेको छ।

मतगणना स्थगित गरेर दलहरूबीत सहमतिको प्रयास भइरहेको मुख्य निवाृचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। हिमाली गाउँपालिका कांग्रेस उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो।

गठबन्धनले बुथ कब्जा गरेर बढी मत खसालेको एमालेको आरोप छ।