सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्।
काठमाडौँ– राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद पदमबहादुर परियारले अपांगता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन्।
राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपांगता भएका व्यक्तिलाई ‘लुला’, ‘लंगडा’ शब्द प्रयोग गरेर उनीहरूलाई अपमानित गरिएको बताए।
साथै, उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’को माग गरे। उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भए नभएको निर्क्योल गरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
