आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिँदा कारोबार रकम ६ अर्ब नाघेको छ। नेप्सेका अनुसार आइतबार परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो।
आइतबार ३२५ कम्पनीको एक करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर ८० हजार ८३८ पटक खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ बराबरको कारोबार भएको छ।
विकास बैंक समूह ०.२४, वित्त समूह २.०७ र व्यापार समूह २.२३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। बैंकिङ ०.७८, होटल तथा पर्यटन २.९६, जलविद्युत् ०.०१, लगानी १.८५ र जीवन बीमा १.५२ प्रतिशतले बढेको छ।
उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त १.४६, म्युचुअल फन्ड ०.३२, निर्जीवन बीमा १.३२ र अन्य समूहको उपसूचक २.२५ प्रतिशतले बढेको छ।
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५.२५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख ४८ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार ७३० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
