बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
जनकपुर– आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
आइतबारको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहे पनि बैठक शुरू हुनासाथ जसपा नेपालका तर्फबाट प्रदेशसभा सदस्य राजुप्रसाद गुप्ताले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएका तीनबुँदे मागका बारेमा सरकारको आधिकारिक धारणा माग गरे। उनले बजेट संशोधनका लागि ध्यानाकर्षण पत्र बुझाउँदासमेत अहिलेसम्म सम्बोधन नभएकाले बैठक चल्न नदिने बताए।
सभामुख रामचन्द्र मण्डलले गत शुक्रबारको बैठक अवरुद्धपछि विनियोजन विधेयक—२०८१ संशोधन गर्ने सहमति भइसकेकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। सांसद गुप्ताले बजेट संशोधनबारे छलफलपछि मात्रै बजेटबारे थप प्रक्रिया अगाडि बढ्ने बताएपछि जसपाका सबै सांसदहरूले उठेर अवरोध जारी राखे।
त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे। पौने एक बजे स्थगित भएको बैठक अहिलेसम्म पुनः सुरू हुनसकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
