प्रहरीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।
काठमाडौँ– अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोमा परी काठमाडौँमा एक जना, कोशी प्रदेशमा ११, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा १९ जना, लुम्बिनीमा १०, कर्णालीमा दुई र सुदूरपश्चिममा एकको मृत्यु भएको छ।
यसैगरी बाढी पहिरा तथा विपद्का कारण काठमाडौँ तीन, कोशीमा ११ जना, मधेशमा चार, बागमतीमा चार, गण्डकीमा १८, लुम्बिनी दुई, कर्णालीमा ११ र सुदूरपश्चिममा एक गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
उनका अनुसार बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, बागमतीमा दुई, गण्डकी एक र कर्णालीमा एक गरी सात जना बेपत्ता भएका छन्।
यसैगरी बाढीको कारण १२१ घर डुबानमा परेका छन्। जसअन्तर्गत ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको ६ प्रहरीले जनाएको छ। बाढी परिहामै परी १८८ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १५८ घर परिवार विस्थापित भएका छन्।
भारी वर्षाका कारण आइतबार पनि देशभरकै जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ। देशैभरि तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
