कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडाैँ– सोमबार देशभरको माैसममा साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
महाकाली नदी खतराको तहमा पुगेकाले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ। डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदी खतराको तहमा देखाएकाले नदी तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको हो। यस्तै, गुल्मीको रुद्रवेणीमा बडीगाड खोला सर्तकता तह आसपास पुगेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशभरका विभिन्न स्थानमा वर्षा रहनेछ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
नदी आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
