युक्रेनले रुससँगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ।
जारी रुस-युक्रेन युद्धका क्रममा कूल १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको युक्रेनी वरिष्ठ अधिकारीले दाबी गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले यस्तो दाबी गरेका हुन्।
पोदोल्याकले युद्धमा भएको मानवीय क्षतिको यथातथ्य विवरण पाउन कठिन भएको बताउँदै युक्रेनी सेनाले संकलन गरेको तथ्यांकअनुसार युद्धका क्रममा १३ हजार सैनिकको मृत्यु भएको विवरण सार्वजनिक गरेका हुन्।
यस्तै, पोदोल्याकले युद्ध शुरू भएयता रुसका १ लाख सैनिक मारिएको तथा डेढ लाख भन्दा बढी घाइते भएको दाबी गरे। रुसी तथ्यांकअनुसार भने यो संख्या मेल खाँदैन।
रुसले आफ्ना सबै तहका सैनिक गरी युद्धमा ९ हजार ३११ रुसी सैनिकले ज्यान गुमाएको बताएका छन्। यद्यपि मृतकको संख्या १८ हजार ६ सय हुनसक्ने बीबीसी रुसी सेवाको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
