नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को अंकमा कायम भएको हो।

यस दिन ३२४ कम्पनीको एक करोड चार लाख ७५ हजार १८१ कित्ता शेयर ५९ हजार ९७४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

वित्त समूह ०.२६, लघुवित्त ०.९२ र म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। 

यस दिन बैंकिङ ०.१८, विकास बैंक ०.३६, होटल तथा पर्यटन ०.९५ र जलविद्युत् समूह ०.३९ प्रतिशतले घटेको छ। लगानी ०.२९, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.१५, निर्जीवन बीमा ०.३३, व्यापार ०.८२ र अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै ९.६८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ७० लाख ८० हजार ९३५ बराबरको तीन लाख ९० हजार २०५ कित्ता शेयर किनबेच भएको छ।