प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने ८८ जना घाइते भएका छन्।
काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार अपराह्नसम्म बाढीपहिरो लगायतका विपद्मा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार जेठ २८ गतेयता बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १८, मधेशमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाले ज्यान गुमाएका हुन्।
साथै काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी ८८ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी पाँच जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी प्रवक्ता कार्कीले बताए।
बाढीको कारण जम्मा १६१ घर डुबानमा परेका छन्। ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ३३५ वटा पशु चौपाया मरेका छन्।
प्रवक्ता कार्कीका अनुसार विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन्। साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीय बासिन्दाको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
