चीनमा मानिसहरूको जनसंख्या घटिरहेको अवस्थामा घरपालुवा जनावरको विवाह भने बढ्दै गएको छ।
चीनमा घरपालुवा जनावरको लोकप्रियता तथा तिनीहरूलाई सजाउने, स्याहार–सुसार गर्ने र बिहे गरिदिनेतर्फ मानिसहरूको रूचि बढ्दै गएको छ।
केही दिन पहिले मात्रै ब्री र बन्डको बिहे धुमधामका साथ सम्पन्न भयो। ब्रीलाई सेतो फिता भएको गाउनमा सजाइएको थियो भने बन्ड सेतो धर्का भएको नीलो कोटमा सजिएका थिए। बिहेमा स्वादिष्ट केकको पनि व्यवस्था गरिएको थियो।
राई लिंग र गिगी चैन प्रेमी–प्रेमिका हुन्। उनीहरूले बिहे गरेका छैनन्। तर आ–आफ्ना कुकुरको भने बिहे गरिदिए। ब्रीका पालक राई लिंग तथा बन्डका पालक गिगी चैन हुन्। लिंगले भने, "मान्छेको बिहे हुन्छ कुकुरहरूको किन हुन सक्दैन?"
ब्री र बन्डको बिहे भएसँगै दुवैले सँगै खेल्ने र खानेपिउने वाचा गरेका राई लिंगले बताएका छन्। उक्त विवाह समारोहको बारेमा रोयटर्सले रिपोर्ट तयार पारेको छ।
चीनमा मानिसहरूको जनसंख्या घटिरहेको अवस्थामा घरपालुवा जनावरको विवाह भने बढ्दै गएको छ। मानिसहरूलाई बिहेका लागि प्रोत्साहन गर्न त्यहाँको सरकारले विभिन्न योजना तथा नीति ल्याइरहेको छ। तर युवाहरू भने बिहेको साटो प्रेमीप्रेमिकामै सीमित हुन चाहन्छन्। बिहे गर्नुलाई अनावश्यक बोझ ठान्ने ठूलो जमात छ। तर त्यही जमातले आफ्ना घरपालुवा जनावरको भने धुमधामका साथ बिहे गराइरहेका छन्।
लिंग र उनकी प्रेमिका गिगी चेन, जसले आफूलाई विवाह गर्न कुनै हतार नभएको बताए। सावधानीपूर्वक महिनौँसम्म 'केनाइन' समारोहको योजना बनाए। पेशेवर फोटोग्राफरसहित भव्य समारोह आयोजना गरे।
लिंग नवविवाहित कुकुरको जोडीबाट चाँडै बच्चा भएको हेर्न चाहन्छन्। एक बच्चा (छाउरो)को चाहना भएको उनले बताए।

अनुसन्धान फर्म एक्युटी नलेज पार्टनर्सको तथ्यांकअनुसार सन् २०२३ सम्म चीनको शहरी क्षेत्रमा मात्रै ११.६ करोड भन्दा धेरै बिरालो र कुकुरहरू थिए। लगभग आठ चिनियाँ नागरिकमा एक जनासँग बिरालो वा कुकुर छ, जसमा धेरै जसो कुकुरधनीहरू ४० वर्षमुनिका छन्।
घरपालुवा जनावरको लागि भनेर याङ ताओले सांघाईमा बेकरी पसल खोलिकी छन्। शुरूमा ग्राहकले कुकुरको बिहेमा केक लिएकोमा अचम्म लाग्थ्यो। २०२२ मा शुरू गरेको आफ्नो बेकरी पसलबाट अहिलेसम्म घरपालुवा जनावरसम्बन्धी धेरै समारोहमा केक गइसकेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
