विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।
मनाङ– अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पुर्याएको छ। नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन लगाइएको मेसिनरी पर्खाल मंगलबार बिहान भत्किएको छ।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो। पर्खाल लगाएको तीन वर्षपछि मंगलबार भत्किएको हो। उक्त क्षेत्रमा मर्स्याङ्दी नदीको बाढीको वेग सिधा पर्ने र प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले गाउँको माथिल्लो क्षेत्र तथा गाउँमा बाढी पस्ने ठाउँमा लगाइएको पर्खाल भत्किएको जानकारी दिए। उनका अनुसार नदीको बहाव बढेमा पर्खालमा अझ बढी क्षति पुग्न सक्ने अवस्था रहेको छ।
“पहिला जोखिमबाट गाउँलाई जोगाउनु प्रमुख थियो। त्यसैले तत्कालका लागि पक्की बनाउने गरी बेस बनाउन सकेनौँ अहिले पर्खाल भत्किन पुगेको छ,” उनले भने।
अहिलेको जोखिमलाई रोक्ने र बस्तीलाई सुरक्षित बनाउन स्थानीय तथा प्रहरीको सहयोगमा पर्खाल मर्मतको काम भइरहेको प्रजिअ लामिछानेले बताए। मनसुनको सुरुआतमा नै क्षति बेहोरेको मनाङमा वर्षा बढी भएमा अझै उक्त क्षेत्र अझै जोखिम बढ्न सक्ने उनको भनाइ छ।
यही असार १७ गते अविरल वर्षा भएपछि १८ गते चामे गाउँपालिका–१ तिमाङ झरनामा बाढीसँगै आएको ढुङ्गा तथा गेग्र्यानले मोटरेवल पुलमा क्षति पुगेको थियो । मोटरेवल पुलमा क्षति भएपछि पूर्ण रुपमा डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध छ। त्यस्तै लघु जलविद्युत् नजिकैको तिमाङ खोलाले काठेपुल बगाउँदा आवतजावत गर्ने एक मात्र सडक अवरुद्ध छ। यहाँको मोटरेवल पुल तथा काठेपुल भत्किँदा तल्लो मनाङका स्थानीय सदरमुकाम आवतजावत गर्न सक्ने अवस्था नरहेको प्रजिअ लामिछानेले बताए।
“वर्षा कम र झरनाको बाढी कम भएपछि मात्रै मर्मत तथा निर्माण थाल्ने अवस्था छ। यसको मर्मत तथा निर्माणका लागि चाइना कम्पनीले सहयोग गर्ने मौखिक प्रतिबद्धता जनाएको छ,” उनले भने। मौसममा सुधार भएपछि काम थाल्ने भएको उनले बताए। खाद्यान्न तथा औषधिको अभाव हुन नदिन लागिपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
