कानून व्यवसायी नानी थापासँग सम्बन्धित घटनाको सीसीटीभी फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम कारबाही अगाडि बढाउनुपर्ने काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग छ।
काठमाडौँ– काठमाडौँ जिल्ला अदालतमा कार्यरत कर्मचारीले कानून व्यवसायी नानी थापाले गालीगलौज गर्दै प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोप लगाएका छन्। थापाको घटनासँग सम्बन्धित सीसीटीभी क्यामेराको फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम आवश्यक कारबाही अगाडि बढाउनुपर्ने उनीहरूको माग छ।
असार २३ गते काठमाडौँ जिल्ला अदालतको अदालतका कर्मचारी र कानून व्यवसायीहरूका लागि मात्र प्रयोग गर्ने भनी तोकिएको गेट नं. ३ मा सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको उनीहरू आरोप छ। थापाले भने आफूमाथि पुरुष प्रहरी कर्मचारीबाट मुक्का प्रहार भएको बताएकी छन्। थापाको देब्रे आँखामुनि चोट लागेको छ।
काठमाडौँ जिल्ला अदालतका कर्मचारीले थापाले उल्टै सो विषयलाई अतिरञ्जित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने प्रयास गरेको टिप्पणी गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका तर्फबाट जारी भएको ध्यानाकर्षणमा पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरिएको जनाउँदै थापामाथि कानूनी कारबाही गर्न माग गरेका छन्।
“अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति भर्त्सना गर्दै यस्तो गल्ती/आपराधिक कार्यमा संलग्न व्यक्तिउपर जाहेरी दरखास्त दर्ता गरी कानूनी कारबाही अघि बढाउन अनुरोध गर्दछौँ,” उनीहरूको ध्यानाकर्षणमा भनिएको छ।
यता, थापाले थापाले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रहरी कर्मचारीले आफूमाथि हातपात गरेको बताएकी छन्। आईडी कार्डका विषयमा भएको सवालजवाफका क्रममा गेटमा रहेका प्रहरी कर्मचारीबाट आफूमाथि हातपात भएको उनले जनाएकी छन्।
उनले गाला लागेको चोटका कारण सुत्न पनि नसकेको उल्लेख गरेकी छन्। “अनुहारको अग्रभागमा जिन्दगीभर दाग देखिने गरी चोट मैले बेहोरिरहेको छु,” उनले भनेकी छन्। उनले जाहेरी दिन जाँदा पनि प्रहरी संगठनबाटै असहयोग भएको पनि जनाएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
