नेप्से परिसूचक १५.७९ अंकले बढ्यो, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.७९ अंकले बढेको छ। मंगलबारको कारोबारमा परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको नेप्सेले जनाएको छ।

विभिन्न ३१६ कम्पनीका ११ लाख ६६ हजार एक हजार २०८ कित्ता शेयर पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ।

मंगलबारको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ।

त्यसैगरी सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य ५.४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य ३.९० प्रतिशतले घटेको छ।