त्रियुगामा पहिरोमा परी १ जनाको मृत्यु, २ घाइते

त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

प्रतीकात्मक तस्वीर

उदयपुर– त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रूपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

गए रातिदेखिको निरन्तर वर्षापछि आएको पहिरोबाट तोरीबारीमा चार घर पुरिएका छन्। अन्य पाँच घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ।