मनसुनजन्य घटनाबाट झापाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
झापा– झापामा मनसुनजन्य घटनाबाट चार जनाले ज्यान गुमाएका छन्।
गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। उनका अनुसार खोलाले बगाएर दुई जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो।
खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ। मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण १८६ घर डुबानमा परेका छन्। २८ घरपरिवार विस्थापित भएका छन्। तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए।
सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत गरेको छ। मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन्। जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न १०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
