भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शान्ति ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको र ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।
“एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु”, पुटिनसँगै बसेर हिन्दी भाषामा उनले भने, “जब निर्दोष बालबालिकाको हत्या हुन्छ, उनीहरूले ज्यान गुमाएको देख्दा मुटु दुख्छ, त्यो पीडा असह्य हुन्छ।”
आफ्नो मस्को भ्रमणका क्रममा पुटिन र आफूले युक्रेनमा रुसी अभियानबारे पनि छलफल गरेको बताए। “एउटा सच्चा मित्रका रूपमा हामी सँगै थियौँ र धेरै मुद्दामा छलफल गर्यौँ,” उनले भने, “युक्रेनका बारेमा हामी दुवैले आफ्नो विचार खुला र विस्तृत रूपमा राख्न सकेकामा मलाई खुशी लागेको छ।”
रुसले युक्रेनका शहरलाई लक्षित गर्दै गरेको आक्रमणमा तीन दर्जनभन्दा बढी मानिसको ज्यान गएको र किभको बाल अस्पताललाई ठूलो क्षति पुर्याएको केही घन्टापछि मोदी सोमबार मस्को पुगेका थिए। उक्त आक्रमणको युरोप र उत्तरी अमेरिकाका सरकारले निन्दा गरेका छन्।
“मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्तैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुनसक्तैन, साथै हामीले वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ”, मोदीले भने।
रुस भारतका लागि कम मूल्यमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्को एक्लिँदा र बेइजिङसँगको बढ्दो मित्रताले नयाँ दिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ।
हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एशिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
