ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।

काठमाडौँ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार तापेथोक केन्द्रविन्दु भएर बुधबार बिहान १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसअघि गत असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।