प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

एमाले संसदीय दल प्रमुख सचेतक महेशकुमार बर्तौलाले यही असार २८ गते बस्ने प्रतिनिधिसभाको वैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालले विश्वासका मत लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको बताए। 

प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।