नेप्से परिसूचक २३.२५ अंकले बढ्यो, ५ अर्ब ७४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २ हजार १७५.४० को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३.२५ अंकले बढेको छ। बुधबार नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २ हजार १७५.४० को बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर ७२ हजार ७१४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। विकास बैंक समूह ०.२९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैकिङ समूह १.६९ प्रतिशतले बढेको छ।

आजको कारोबारमा १०.२५ प्रतिशत एसबीएल डिभेन्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको दश लाख सात हजार ३५० कित्ता शेयर किनबेच भएको छ।