गुठीचाैर गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना नै बनाएर प्याराग्लाइडिङ संचालनमा ल्याउने जनाएको छ।
जुम्ला– जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीय स्थल गुठीचौरको प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ।
पोखरामा प्याराग्लाडिङ गर्दै आएका 'बाबु एडभेन्चर ग्रुप'का मोहन सुनुवार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा बुधबार पहिलोपटक परीक्षण उडान गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए।
“परीक्षण उडान सफल भएको छ,” अध्यक्ष बुढाले भने, “अब दुई जना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ।
सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलोपटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताए। नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ।
सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
