सिंगापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

सिंगापुरले आफ्नो स्वच्छ ऊर्जा अभियानलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ।

सिंगापुरले आफ्नो स्वच्छ ऊर्जा अभियानलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भएको छ। त्यहाँको भूमि यातायात प्राधिकरण (एलटीए)ले बुधबार यसबारे जानकारी दिएको सिन्ह्वाले जनाएको छ।

यसैबीच, डिजेल कारधनीहरूले आफ्नो हकदार प्रमाणपत्र (बिलबुक) नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न सडक कर धैरै लगाउने बताइएको छ। यी प्रतिबन्धहरू 'क्लासिक भेहिकल'  र 'भिन्टेज भेहिकल' योजनाअन्तर्गतका कारहरूको आयात र दर्तामा लागू नहुने एलटीएले उल्लेख गरेको छ।

सिंगापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ।