पहिरो पन्छाइरहेको स्थानमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोले सडक पुरेपछि बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालयको स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरो पन्छाइरहेको स्थानमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन सडकमा नै रोकिएका छन्।
सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा शुरू भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
