तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार एक लाख ४४ हजार ९०० निर्धारण भएको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार एक लाख ४४ हजार ९०० निर्धारण भएको छ।

बुधबार प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक लाख ४४ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ८७० मा कारोबार भएको चाँदीको मूल्य एक हजार ८८५ रुपैयाँ निर्धारण भएको छ।