काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो। बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । बिहीबारको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची नयाँ सरकार गठन गर्न दुई प्रमुख दलबीच समझदारी भएसँगै प्रभावित भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगन भएको छ। बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो।
बिहीबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
बिहीबारको बैठकमा बजेट आश्रित तीन विधेयक पारित गर्न अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ लाई राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची नयाँ सरकार गठन गर्न दुई प्रमुख दलबीच समझदारी भएसँगै प्रभावित भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
