चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका क्रममा हालसम्मका रणनीतिक योजनाको समीक्षा गर्दै चौथो रणनीतिक योजना–२०८१/८२ को मस्यौदा तयार गरेको छ। आयोगले उक्त मस्यौदामा सुझाव दिन सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई आह्वान गरेको हो।
नेपालको संविधान, निर्वाचन व्यवस्थापनसम्बन्धी कानून तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ देखि पञ्चवर्षीय योजना लागू भएको थियो। हाल तेस्रो आवधिक रणनीतिक योजना कार्यान्वयनमा छ।
हालसम्मका रणनीतिक योजनाको कार्यान्वयनबाट प्राप्त अनुभव, राजनीतिक दल तथा सरोकारवालासँग विभिन्न समयमा गरिएका छलफल, विश्लेषण, समीक्षा र अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरिएको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए।
उक्त मस्यौदालाई उन्नत बनाउन अगामी साउन ७ गतेभित्र आयोगको सचिवालयमा प्राप्त हुने गरी सुझाव दिन आयोगले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
