बाढीपहिरोका कारण डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।
काठमाडौँ– बाढीपहिरोका कारण देशभर १३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। सडक विभागको तथ्यांकअनुसार बिहीबार १३ सडकखण्ड पूर्ण रूपमा प्रभावित छन् भने ११९ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बिपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत ११९ सडकखण्डमा एकतर्फी रूपमा यातायात सेवा सञ्चालन भएको छ। डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटहरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ।
विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ। यी दुवै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ।
देशभर साधारणतया बदली रही कोशी प्रदेश, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ।
भू–क्षय, पहिरो तथा गेग्र्यानको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेका छन्। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
