नेपाल सरकारका मन्त्री उपस्थित नभएपछि बिहीबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ।
काठमाडौँ– नेपाल सरकारका एक जना पनि मन्त्री उपस्थित नभएपछि बिहीबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सांसदले मन्त्रीहरूको उपस्थिति नभएको जनाएपछि बैठक कार्यसूचीमा प्रवेशै नगरी ३ मिनेट ५५ सेकेन्डमा स्थगित भएको हो। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने छ।
बिहीबार ४ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी शुरू भएको थियो। बैठकमा सांसद रामहरि खतिवडाले मन्त्रीहरूको उपस्थिति नरहेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएका थिए। सभामुख घिमिरेले बैठकको कारबाही प्रारम्भ भएको घोषणा गरेलगत्तै सांसद खतिवडाले आफ्नो स्थानबाट उठेर संविधान मान्छु भन्ने मन्त्री तथा प्रधानमन्त्री सदनमा किन उपस्थित नभएको भन्दै प्रश्न गरे।
“प्रधानमन्त्री संविधानलाई प्रयोग गर्दै म विश्वासको मत लिएर संसद्मा आफ्नो विश्वास देखाउन चाहन्छु भनेको कुरा हामीलाई थाहा छ। भोलिका लागि समय मागेको कुरा पनि जानकारी भयो। संविधान पालनका गर्ने प्रधानमन्त्री र मन्त्रीलाई संसद् चलेको दिन उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन,” उनले भने, “कोही पनि उपस्थित नभएको यो सदन चल्छ कि चल्दैन, सभामुखको कुर्चीबाट म जान्न चाहन्छु।”
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको र हाल प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएको भन्दै बिहीबारका लागि तय भएका कार्यसूची हटाइएको घोषणा गरेका थिए। बिहीबारको बैठकको कार्यसूचीमा वार्षिक प्रतिवेदन पेश गर्नेसम्बन्धी कार्यक्रम रहेको थियो। “अब अर्को बैठक २०८१ असार २८ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ,” उनले भने। शुक्रबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची तय छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
