विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।
काठमाडौँ– विशेष अदालतले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीता सोडारीलाई दोषी ठहर गरेको छ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको हो। उनी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी हुन्।
कैलालीको धनगढी उपमहानगरपालिका–९ देवरियास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिँदा उनले पेश गरेको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सोडारीले बोर्ड अफ सेकेन्डरी एडुकेसन दिल्ली, भारतबाट शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली ल्याई राष्ट्रसेवकको ओहदा प्राप्त गरी फाइदा लिएको अख्तियारले अभियोगपत्रमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
