गोरखा–आँबुखैरनी सडकअन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गोरखा– गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए।
शुक्रबार बिहान ३ बजेदेखि नै पहिरोले सडक अवरुद्ध भएको हो। “साना–साना पहिरोसमेत ठाउँ–ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ,” उनले भने, “नगरपालिकाले बिहानैदेखि उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ।”
आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउने तयारी भइरहेको उनले बताए। सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेको छन्। पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रूपमा ठप्प भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
