प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न पनि निर्देशन दिएको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ। 

 रास्वपा संसदीय दलको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ।