प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो।

काठमाडौँ– प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन्। छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ।