त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ।
उदयपुर– त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ। चार दिनअघि गएको पहिरोले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए।
नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए। पहिरोले बगाएका चार परिवारका सदस्यलाई समेत सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उनले बताए।
अवरुद्ध दुई सडक अस्थायी रूपमा सञ्चालन
पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडक बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ।
मंगलबार त्रियुगा नगरपालिका–१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
