राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सांसदलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलेले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएसँगै राष्ट्रपति पौडेलले अर्को सरकार गठनका लागि शुक्रबार बेलुका आह्वान गरेका हुन्। त्यसअघि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका थिए।
उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसदलाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार आइतबार अपराह्न ५:०० बजेभित्र प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न भनिएको छ।
“नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतबार अपराह्न ५:०० बजे भित्र पेश गर्न आह्वान भएको छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले पेश गरेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको थियो। मतदानमा कुल २५८ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत खसेको थियो। मतदानमा एक सदस्य तटस्थ रहेका थिए।
राष्ट्रपति पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएसँगै नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलले नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न तयारी गरेका छन्। नयाँ प्रधानमन्त्रीका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने कांग्रेस र एमालेबीच सहमति भएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
