प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबार राति राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा ओलीलाई समर्थन रहेको पत्र पेश गरेका हुन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। त्यसलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्ताव स्वीकृत भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका थिए। राष्ट्रपतिको आह्वानमा आइतबार ५ बजेभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न भनिएको थियो।
“सरकार गठन गर्न लागि दाबी पेश गर्न आह्वानको समय सीमाभित्रै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको समर्थनमा प्रतिनिधिसभामा स्पष्ट बहुमतसहित नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरूको समर्थन भएको ब्यहोरा अनुरोध गर्दछौँ,” एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “हामी हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधिसभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिनु हुन अनुरोध गर्दछौँ।” ओलीलाई प्रधानमन्त्रीमा एमालेका ७८ र कांग्रेसका ८८ गरी १६६ सांसदले समर्थन गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
