भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै सडक भासिएको छ।
ढोरपाटन– कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध छ। असार २६ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको हो।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ। सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ। असार २१ गतेको खसेको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको सडक असार २६ गते करिब तीन घण्टा सञ्चालनमा आएको थियो।
सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए। “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ।”
अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन। यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन्। किसानले उत्पादन गरेको दूध सहज रूपमा बजारमा ल्याउन सकेका छैनन्। बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार कैयाको झोलुंगे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता छ।
सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए। सडक सञ्चालन हुँदा दैनिक ७०० रुपैयाँमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै दुई हजार तिर्नुपरेको उनको गुनासो छ। पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेको सापकोटाले सुनाए।
“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो,” उनले भने, “दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
