बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए।
कञ्चनपुर– जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् ।
अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ। अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ। महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो। दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन्।
घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरू बताउँछन् । स्थानीय मंगले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताए। “भाँडाकुँडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझ बिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ,” उनले भने, “खेत पनि लेदोले पुरेको छ। यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ।”
दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ। बाढीले घर भत्काएपछि खुला आकाशमा पालको सहारा बस्नुपरेको उनले बताइन्। “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उनले भनिन्, “दराज र सोफा लेदोले पुरिएको थियो। घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ।”
टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ। बाढीले केही घर पूर्ण रूपमा क्षति भएका छन्। सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन्। घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन्।
रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताइन्। “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उनले भनिन्, “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन।”
उनले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताइन्। बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो संख्यामा नागरिक विस्थापित भएका थिए।
उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन्। जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ। जिल्लाभरिमा अहिले क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
