अर्काको नाममा प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जनाहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ।
काठमाडौँ– प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले शनिबार विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालीकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ति सुन्दास पक्राउ परेका हुन्।
यस्तै, पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रवीन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्दलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
