सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सुनको  मूल्य स्थिर  रहेको  छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। 

तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँ रहेको छ। यसैगरी, चाँदीको मूल्य भने घटेको छ।

शुक्रबार तोलामा १ हजार ९०० रुपैयाँ रहेको चाँदी २५ रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।