पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्। प्रहरीले उनलाई ठमेलस्थित एक होटलबाट कोकिनसहित पक्राउ गरेको हो।
काठमाडौँ– प्रतिबन्धित लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियाली नागरिक बाथुमालाई भाडिभालु रहेकी छन्।
प्रहरीले उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरेको हो। होटलमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो। बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
