ललितपुर महानगरले हटायो अनधिकृत संरचना (तस्वीरहरू)

ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदीछेउमा अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– ललितपुर महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका संरचना हटाएको छ। ललितपुर महानगरले आइतबार बालकुमारीस्थित बागमती नदीछेउमा बनाइएका संरचना हटाएको हो।

ललितपुर महानगरका अनुसार वडा नम्बर ३ मा सरकारी जग्गा मिचेर करिब ८/९ घरटहरा बनाइएका थिए। उक्त संरचना हटाउन ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा टोली खटिएको थियो।