नेप्से परिसूचक ५२ अंकले बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। यस दिन नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ को विन्दुमा कायम भएको छ। 

३०९ कम्पनीको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर ९६ हजार २७४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै बैंकिङ ३.७४ र जलविद्युत् समूह ३.३० प्रतिशतले बढेको छ।

विकास बैंक १.२०, वित्त १.३३, होटल तथा पर्यटन १.०७, लगानी १.३० र जीवन बीमा समूह २.०५ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन २.६६, लघुवित्त ०.८२, म्युचुअल फन्ड १.७४, निर्जीवन बीमा १.२६, व्यापार २.२१ र अन्य समूह १.९९ प्रतिशतले बढेको छ।

रिदी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको २४ करोड २७ लाख ५८ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार १०२ कित्ता शेयर किनबेच भएको छ।