गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए।
चितवन– चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ।
आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए। “आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,” उनले भने।
उनले मृतकको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृह मन्त्रालयले आवश्यक पहल गर्ने बताए।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
