जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी १०८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण हालसम्म १०८ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी आइतबार दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन्।
यस्तै, उक्त घटनामा परेर ११९ जना घाइते भएका छन्। घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र ६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ। बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ। यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
पाँच सय १६ वटा पशुचौपाय मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ५५२ घर परिवार विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
