नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा एकलौटी नगरिएको बताएको छ। बन्दसूचीमा कुनै त्रुटि रहेपनि नियतवश हेरफेर नभएको दाबी कांग्रेस प्रवक्ताले गरेका छन्।
काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गरेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो दाबी गरेका हुन्। उनले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको र यसमा सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरू संलग्न रहेको बताए।
त्यस्तै, उनले समानुपातिकतर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनै सत्यता नरहेको जिकिर गरे।
प्रवक्ता महतले केही सदस्यहरूले पार्टीले एउटा पक्षलाई पोस्ने काम गरेको छ भन्दै हिँड्नु वाञ्छनीय नभएको र यस बारेमा पार्टीले नजिकबाट क्रियाकलापहरू नियालिरहेको बताए। उनले संस्थापन इतर (डा. शेखर कोइराला) पक्षतिर इंगित गर्दै समानुपातिक पद्धतितर्फ एकलौटी गरेको भए नेताहरूले आफैँ बोल्नुपर्ने तर अहिलेसम्म नबोलेकोबाट पनि सहजै सबै संलग्न भएर सर्वसम्मत रूपमा समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाएको दाबी गरे।
उनले केही नेताहरूले कार्यकर्ताहरूलाई अन्योलमा राख्ने काम गरिरहेको आरोप लगाए। प्रवक्ता महतले भने, ‘यसमा कुनै सत्यता छैन । सम्पूर्ण निर्णय आम सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरू, आमन्त्रित नेता गण, प्रदेशका सभापतिहरूलाई समावेश गरेर सातै प्रदेश छुट्याएर, अग्रणी नेताहरू सामेल भएर सूची पेस गरिएको छ, त्यहाँ कतिपय त्रुटि छन् तर पनि त्यो एउटा पक्षलाई पक्षपोषण गर्न वा अर्कोलाई कमजोर गर्ने हिसाबले कहीँ कतै भएको छैन । त्यसकारण त्यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनैपनि सत्यता छैन । अहिले हामी यस्तो गर्दछौँ, उस्तो गर्दछौँ भन्ने अभिव्यक्ति आएका छन्, त्यो वाञ्छनीय होइन, सबै निर्णय सहमतिबाट नै भएको छ ।’
त्यस्तै, उनले गठबन्धनका कारण कतिपय आकांक्षीलाई समावेश गर्न नसकिएको उल्लेख गर्दै त्यसबाहेक पक्षविपक्षमा कुनै किसिमको भेदभाव नभएको बताए । उनले भने, ‘साथीहरूलाई समावेश गर्नुपर्ने कारणले परिमार्जन हुनसक्छ होइन भने पक्ष, विपक्षको आधारमा कुनैपनि भेदभाव भएको छैन, यो सबै नेता गणलाई थाहा छ, यो पार्टीको अधिवेशनमा सभापतिमा लड्नुभएका सभापतिहरूलाई थाहा छ । यो निर्णय प्रक्रियामा सम्पूर्ण नेतागण हुनुहुन्छ, उहाँहरूले त बोलेको देखेको छैन, यदि त्यस्तो भएको भए नेताहरू नै हुन्थ्यो होला नि ।’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
