स्याङ्जामा कुवामा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने गोरखामा माछापोखरीमा डुबेर एक किशोरले ज्यान गुमाएका छन्।
स्याङ्जा– स्याङ्जामा कुवामा डुबेर दुई जनाको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन्। घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान शुरू भएको प्रहरी प्रवक्ता रानाले बताए।
माछापोखरीमा डुबेर एकको मृत्यु
गोरखामा माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ वर्षीय विपिन नेपालीको आइतबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार दिउँसो पाँच जना साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
