मौसम पूर्वानुमान: यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार राति कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। त्यस्तै, मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ। 

सोमबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको प्रक्षेपण छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती र गण्डकी  प्रदेशका एक/दुई  स्थानमा भने भारी  वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।