ओली क्याबिनेटमा ४ दलका २१ मन्त्री

कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाको तर्फबाट १ जना मन्त्री बनेका हुन्। 

काठमाडौँ– केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ जना मन्त्रीले शपथ लिएका छन्। 

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। त्यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए। ओली नेतृत्वको नयाँ मन्त्रिमण्डलमा एमाले र कांग्रेससहित ४ दलका मन्त्री रहेका छन्।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ। जसअनुसार कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाको तर्फबाट १ जना मन्त्री बनेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन्।

पद तथा गोपनीयताको शपथ लिँदै नयाँ मन्त्रीहरू

यी हुन् ओली क्याबिनेटका २१ मन्त्री:
नेपाली कांग्रेस 
१. प्रकाशमान सिंह– शहरी विकास
२.रमेश लेखक– गृह
३.आरजु राणा– परराष्ट्र
४.तेजुलाल चौधरी– युवा तथा खेलकुद
५.अजयकुमार चौरसिया– कानून, न्याय तथा संसदीय मामिला
६.दीपक खड्का– ऊर्जा, जलस्रोत तथा सिंचाई
७.ऐनबहादुर शाही– वन तथा वातावरण
८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
९.बद्रिप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी
एमाले 
१.विष्णु पौडेल– अर्थ
२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
८.मानवीर राई– रक्षा
जसपा
१.प्रदीप यादव– खानेपानी
२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा
१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा