सोमबार सिभिल बैंक डिभेन्चर–२०८८ र माण्डु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ को विन्दुमा कायम भएको हो।
सोमबार ३३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार ३७२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत् समूह ०.७३, लगानी १.७०, उत्पादन तथा प्रशोधन ०.१२ र म्युचुअल फन्ड १.६७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ १.४८, विकास बैंक १.८९, वित्त ०.५२, होटल तथा पर्यटन १.७६ र जीवन बीमा समूह १.६५ प्रतिशतले घटेको छ। लघुवित्त १.४१, निर्जीवन बीमा ०.९१, व्यापार ०.५२ र अन्य समूह १.१९ प्रतिशतले घटेको छ।
सिभिल बैंक डिभेन्चर–२०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख ५८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार ७२८ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
